३० भाद्र २०८१, आइतबार | September 16, 2024

१० दिनपछि कारोबार भएको नेप्से झिनो अंकले बढ्यो



तिहार बिदा पछिको पहिलो कारोबारमा सेयरबजार झिनो अङ्कले बढेको छ ।

सोमबार १.३९ अङ्कले बढेर नेप्से परिसूचक १८५३.४८ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ८३ करोड ६० लाख ५ हजार ६ सय ५६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँ पुगेको छ । आज बजार सँगै कारोबार रकम पनि बढेको हो  ।

आज सर्वाधिक कमाउनेतर्फ ग्लोबल आएमई लघुवित्त र कर्णाली विकास बैंक रहे । उक्त कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये फर्वार्ड लघुवित्त र सयपत्री हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो ।

आज ट्रेडिङ उपसूचक सर्वाधिक १.४२ प्रतिशतले बढ्दा विकास बैंक उपसूचक १.२६ प्रतिशतले र लाइफ इन्स्योरेन्स उपसूचक ०.९७ प्रतिशतले बढ्यो । आज उत्पादन उपसूचक सर्वाधिक १.९१ प्रतिशतले घट्दा होटल तथा पर्यटन उपसूचक १.८३ प्रतिशत र माइक्रोफाइनान्स उपसूचक १.४२ प्रतिशत घट्यो ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ३ : ३६ बजे