२० मंसिर २०८२, शुक्रबार | December 5, 2025

यमनसँग खेल्ने नेपाली टोली घोषणा



फिफा विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत यमनसँग खेल्ने नेपाली टोली घोषणा गरिएको छ।

मुख्य प्रशिक्षक भिनसेन्चो अल्बर्टो एनेस मंगलबार नेपाली टोली घोषणा गरेको अखिल नेपाल फूटबल संघ (एन्फा) ले जनाएको छ। किरणकुमार लिम्बूको नेतृत्वमा नेपाली टोली घोषणा गरिएको हो।

नेपाली टोलीमा अभिषेख बराल, दीप कार्की, अमृत श्रेष्ठ, अन्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिष श्रेष्ठ, रोहित चन्द, अरिक विष्ट, उत्सव राई, सेसेहाङ आङ्देम्बे, दिनेश हेन्जन र कृतिशरत्न छुन्जु छन्।

त्यस्तै, योगेश गुरुङ, जिलेस्पी जंग कार्की, आषिश चौधरी, राजेश परियार, सन्जीव विष्ट, अन्जन विष्ट, हिशुब थपलिया, आयुश घलान र मनिष डाँगी पनि यमन विरुद्धको खेलका लागि टोलीमा परेका छन्।

नेपाल र यमनको खेल आज साँझ ७ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुरू हुनेछ।

विश्वकप छनोटको दोस्रो चरणको खेल अन्तर्गत नेपालले पहिलो खेलमा यूएईसँग हार बेहोरेको थियो। आज नेपाललाई जित्नै पर्ने दवाव छ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १२ : ५८ बजे