६ आश्विन २०८१, आइतबार | September 23, 2024

हमासको नियन्त्रणमा रहेका विपीनलाई छुटाउन पहल गर्न परराष्ट्रमन्त्री साउद कतार जाने



काठमाडौं,१३ मंसिर । परराष्ट्रमन्त्री एनपी साउद कतार जाने भएका छन् । प्यालस्टाईनको विद्रोही समूह हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपीन जोशीको रिहाइको पहलका लागि उनी मंसिर २३ मा कतार जाने परराष्ट्र स्रोतले जनाएको छ ।

यस अघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए ।

गत अक्टोबर ७ बाट सुरु भएको इजरायल हमासको युद्धमा परेर नेपालका विपीव वेपा छन् । हाल इजरायल र हमासबीच अस्थायी युद्धविराम लागू छ । यो अवधिमा हमासले आफ्नो कब्जामा रहेका थाइ र इजरायली नागरिकलाई रिहा गरे पनि जोशीलाई भने रिहा गरेको छैन ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  २ : ०२ बजे