६ आश्विन २०८१, आइतबार | September 22, 2024

रंगशाला निर्माणमा सबैको अपनत्व आवश्यक छ : मेयर दाहाल



आजदेखि बागमती प्रदेश महिला (प्रधानमन्त्री कप) क्रिकेट छनोट प्रतियोगिता एवं प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता भरतपुरस्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशालामा सुरु भएको हो ।

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्‍घाटन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गरिन् । त्यस अवसरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सबैले अपनत्व लिनुपर्नेमामा प्रमुख दाहालले जोड दिइन् ।

विवाद निकालेर रङ्गशाला निर्माणमा अवरोध गर्नेक्रम जारी रहेको भन्दै यसलाई अन्त्य गरी सबै मिलेर अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ । ‘कहिले बन्दैन कि भन्ने कहिले जग्गाको विवाद निकाल्ने जस्ता कामले निर्माणमा समस्या हुन्छ, सबै मिलेर निर्माणमा जुट्नुपर्छ,’ मेयर दाहालले भनिन् ।

उनले रङ्गशाला राष्ट्रको गौरव भएको भन्दै बताउँदै सरकारले रङ्गशाला निर्माणका लागि बजेट समेत विनियोजन गरेको जानकारी दिइन् । सो प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुर र चितवन गरी चार वटा टोली सहभागी भएको प्रतियोगिताका संयोजक अनिल अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताबाट छनोट भएका खेलाडीहरू सहभागी गराई प्रदेश स्तरीय टोली बनाइनेछ । छनोट हुने खेलाडीले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ४ : ५७ बजे