१७ जेष्ठ २०८३, आइतबार | May 31, 2026

हेटौंडामा पुरुषको शव फेला



हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा आइतबार बिहान एकजना पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका अनुसार चौकीटोलस्थित खाद्य संस्थानको खुल्ला कोठाभित्र अन्दाजी ५४ वर्षीय पुरुषको शव भेटिएको हो।

प्रहरीका अनुसार शवको पहिचान खुलेको छैन। ती ब्यक्ति बजार क्षेत्रमा प्लाष्टिक बटुल्दै हिँड्ने गरेको प्रहरीले जनाएको छ। शव हैटौंडा अस्पातलमा राखिएको र पहिचानका लागि आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १ : २३ बजे