२ आश्विन २०८१, बुधबार | September 19, 2024

त्रिभुवन विमानस्थलमा जब पावर बैंक पड्कियो…



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एकजना यात्रुको ह्याण्डब्यागमा रहेको पावर बैंक पड्किएर आगो लागेको छ ।

बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला ह्याण्डब्यागमा रहेको पावर बैँक पड्केर आगो लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्रताप बाबु तिवारीले बताए ।

उनले यात्रुको ह्याण्डक्यारीमा रहेको पावर बैंक पड्केर आगो लागेको भएपनि ठूलो क्षति हुनबाट जोगिएको बताए ।

एयर चाइनाको जहाजबाट चीन जान लागेको यात्रुको ह्याण्डब्यागमा रहेको पावर बैंक पड्किएको थियो । विमान प्रतिक्षालयमा विमान कुरिरहेको समयमा पावर बैक पड्किएको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  २ : ४० बजे