३१ भाद्र २०८१, सोमबार | September 16, 2024

नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरू



झापा- झापाको काँकरभिट्टा क्षेत्रबाट नेपाल-भारतबीचका सीमा छुट्याउनका लागि राखिएका सीमास्तम्भ मर्मत तथा रंगरोगन गर्ने काम सरु भएको छ ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रदेशका नेतृत्वसम्मिलित टोलीले सीमा स्तम्भलाई मर्मत तथा रंगरोगन गर्ने काम सुरु गरेको हो ।

सीमास्तम्भ रंगरोगन तथा मर्मत गर्ने काममा मेचीनगर तथा भद्रपुर नगरपालिकाका जनप्रतिनिधिहरूसमेत उपस्थिति थियो ।

झापाको मेचीनगर नगरपालिका- ७ बाट सीमा स्तम्भ मर्मत गर्ने कामको थालनी गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सशस्त्र प्रहरीको नम्बर १ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले कोशी प्रदेशमै पहिलो पटक सीमा स्तम्भ मर्मत गर्ने काम गर्न सुरु गरिएको जानकारी दिए ।

सरकारी अधिकारीहरूका अनुसार नेपाल-भारतबीच रहेका सीमा स्तम्भहरूलाई व्यवस्थित गरिनेछ ।

मेचीनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का कमान्डेन्ट नवीनकुमार राईलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  १ : ०५ बजे