३१ भाद्र २०८१, सोमबार | September 16, 2024

सुनको मूल्यमा निरन्तर गिरावट, आज पनि ८ सयले घट्यो



काठमाडौँ– साताको चौथो कारोबार दिन बुधबार पनि  सनको भाउ घटेको छ ।

यो दिन तोलामा ७०० रुपैयाँले घटेको छ । यो सँगै  छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ  कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो कारोबार दिन सुनको कारोबार प्रतितोला १ लाख १९ हजार २००रुपैयाँमा भएको थियो । यसैगरी यो दिन तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै,यो दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा यो दिन सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ ०।१५ प्रतिशत बढेर प्रतिऔंस २ हजार २१ डलर ४ सेन्टमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ११ : ५८ बजे