३० भाद्र २०८१, आइतबार | September 16, 2024

स्टेडियममा नै दर्शकको निधन भएपछि रोकियो खेल



स्पेनिस लालिगाअन्तर्गत आइतबार राति ग्रान्डा र एट्लेटिको बिलबाओबीचको खेल १७ मिनेटपछि रोकिएको छ। खेल हेर्न आएका एक दर्शकको मृत्यु भएपछि खेल सोमबारका लागि सारिएको हो।

ग्रानडाको घरेलु मैदान नुएभो लस कारमेनिस स्टेडियममा १७ मिनेटको खेल चलेपछि रोकिएको थियो। ग्रानाडाको टिकट होल्डर दर्शकलाई हर्टअट्याक आएको थियो। उनलाई बचाउने प्रयास गरिएको भएपनि सफल हुन सकेन। जसका कारण ग्रानडाले खेल स्थगितको अनुमति लिएको थियो।

लालिगाले यो खेल आजका लागि सारेको छ।

खेलमा एट्लेटिकोले छैटौं मिनेटमा नै गोल गर्दै अग्रता बनाएको थियो। बिलबाओका लागि इन्की विलियम्सले हेडमार्फत टिमलाई अग्रता दिलाएका थिए।

आयोजक ग्रानडाले ग्रानडा परिवारका लागि दुखद् दिन भएको भन्दै परिवार र सहकर्मीहरूप्रति सहानुभूति व्यक्त गरेको छ। साथै परिवारमा धैर्यधारणको शक्तिको लागि प्रार्थना गरेको जनाएको छ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १० : १६ बजे