१५ चैत्र २०८२, आइतबार | March 29, 2026

जनकपुरमा रामपालले लेखेका पुस्तक खोसियो, बेच्नेहरू प्रहरीको जिम्मामा



विवाह पञ्चमीको रौनक चलिरहेका बेला हाल जेलमा रहेका भारतका कथित बाबा रामपालले लेखेको विवादित पुस्तक जनकपुरबाट नियन्त्रणमा लिइएको छ।

यसरी विवादित पुस्तक बेच्ने तीनजनालाई हिन्दू सम्राट सेना नेपाल नामको समूहका सदस्यहरूले नियन्त्रणमा लिएका हुन्। तीनैजनालाई उक्त समूहले प्रहरीमा बुझाएको छ।

हिन्दू सम्राट सेनाका सदस्यहरूका अनुसार रामपालले लेखेको ‘ज्ञान गंगा’सहितका पुस्तक जनकपुरधाम बेच्ने काम भइरहेको थियो। ती पुस्तकलाई खोसेर च्यातिएको छ।

हिन्दू सम्राट नेपालका अध्यक्ष राजेश यादवले हिन्दू धर्मविरोधी ती पुस्तक बेच्नेलाई प्रहरीमा बुझाइएको बताए। त्यस्तै उनीहरूले ल्याएका तीन बोरा पुस्तक पनि खोसेर जलाइएको छ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ४ : २० बजे