५ आश्विन २०८१, शनिबार | September 21, 2024

स्पेनिस ला लिगा : रियल मड्रिड शीर्षस्थानमा



काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भिल्लारियललाई फराकिलो अन्तरले हराएको छ । आज बिहान भएको खेलमा भिल्लारियललाई ४–१ गोल अन्तरले हराउँदै रियलले सानदार जित निकालेको हो ।

रियलका लागि जुड वेलिंघम, रोड्रिगो, ब्राहिम डिआज र लुका मोड्रिकले एक–एक गोल गरेका थिए । भिल्लारियलका जस लुइस मोरालेसले एक गोल फर्काएका थिए ।

यो जितसँगै १७ खेलबाट ४२ अंक जोडेको रियल मड्रिड शीर्षस्थानमा उक्लिएको छ । पराजित भएको भिल्लारियल १६ अंकसहित १७औँ स्थानमा छ । १६ खेल खेलेको जिरोना ४१ अंकसहित दोस्रो स्थानमा छ

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १० : ०८ बजे