६ आश्विन २०८१, आइतबार | September 22, 2024

विश्वकप फाइनलमा ‘प्लेयर अफ द म्याच’ बनेका हेड ६ कराेड ८० लाख भारुमा हैदराबादमा अनुबन्ध



काठमाण्डाै – अस्ट्रेलियाका ब्याटर ट्राभिस हेड ६ कराेड ८० लाख भारुमा सनराइजर्स हैदराबादमा अनुबन्ध भएका छन् ।

यूएईकाे दुबईमा चलिरहेकाे इन्डियन प्रिमियर लिग (आईपीएल) मिनी अक्शनमा ट्राभिस हेड हैदराबादमा अनुबन्ध भएका हुन् । उनलाई लिन हैदराबाद र चेन्नई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा भए पनि अन्तिममा हैदराबादले अनुबन्ध गरेकाे छ । उनकाे ‘बेस प्राइस’ २ कराेड भारु थियाे ।

ट्राभिस हेड आईसीसी विश्वकप क्रिकेट २०२३ काे फाइनलमा ‘प्लेयर अफ द म्याच’ बनेका थिए । फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलिया छैटाैँ पटक च्याम्पियन बनेकाे थियाे ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  २ : ०७ बजे