६ आश्विन २०८१, आइतबार | September 22, 2024

हात्तीकाे आक्रमणबाट झापामा एककाे मृत्यु



झापामा फेरि जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको  छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका- २ का अन्दाजी ५५ वर्षीय पाथल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशी हल्दिबारी २ नम्बर वडा कार्यालयका कार्यालय  सहयोगीमा कार्य‌रत थिए ।

राजवंशी बुधबार बिहान घरबाट निस्किएका थिए । घर नर्फकिएपछि परिवारका सदस्यले उनको खोजी गरेका थिए । उनको घर नजिकैको नालामा झारले छोपेको अवस्थामा शव फेला परेको वडाध्यक्ष शुकलाल राजवंशीले जानकारी दिए ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापा, डिभिजन वन कार्यालय झापाको टोली पुगेको प्रहरीले जनाएको छ । गत मंसिरमा हल्दिबारी र दमकमा हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको  थियो।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  २ : २८ बजे