५ आश्विन २०८१, शनिबार | September 21, 2024

एयर अरेबियाको शौचालयमा नवजात शिशुको शव फेला



यूएईबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु भेटिएको छ ।​​

यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु भेटिएको विमानस्थलका प्रवक्ता सुवास झाले लोकान्तरलाई जानकारी दिए ।

‘बुधबार बिहान ९ बजे काठमाडौंमा अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु फेला परेको हो’, उनले भने, ‘मिसक्यारेज भएर शिशु शौचालयमा झरेको पाइयो । त्यसपछि ती महिलालाई अस्पताल पठाइएको छ ।’

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ४ : ११ बजे