१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

पोखराबाट उड्न लागेको बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका खुलेपछि .



पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका खुलेपछि उडान रोकिएको छ। अहिले बिहान ९ बजे पोखराबाट काठमाडौँका लागि उड्न लागेको जहाज ‘स्टार्ट’ भइसकेपछि इमर्जेन्सी ढोका खुलेको थियो।

इमर्जेन्सी ढोका नजिकै बसेका यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताइएको छ। ती यात्रुलाई अहिले प्रहरीले सोधपुछ गरिरहेको स्रोतले जानकारी दियो। ढोका के कारणले खुलेको हो भन्ने चेकजाँच गरेरमात्रै उडाइने भएको छ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  १० : ४३ बजे