२ आश्विन २०८१, बुधबार | September 18, 2024

चितवनसँगको हारले झापाको प्लेअफ पुग्ने सम्भावना कमजोर



काठमाडौं : नेपाल सुपर लिग एनएसएलमा झापा एफसीको प्लेअफ खेल्ने सम्भावना कमजोर बनेको छ ।

शुक्रबार लिग चरणको आफ्नो अन्तिम खेलमा चितवन एफसीसँग २–० को पराजय भोगेपछि झापाको प्लेअफ सम्भावना कमजोर बनेको हो।

शनिबार बुटवल र ललितपुर दुवै टिमले जित निकालेको खण्डमा मात्र झापाको प्लेअफको यात्रा सम्भव हुनेछ।

शुक्रबारलाई झापालाई हराउने क्रममा राफिक अमिनोले चितवनका लागि दुवै गोल गरे ।

यससँगै चितवन ९ अंक सहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। झापा १० अंक सहित चौथौ स्थानमा यथावत् छ।

यसअघि शुक्रबार नै भएको खेलमार्फत धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको प्लेअफमा छनोट भएको छ। शीर्ष स्थानको पोखरा थण्डर्ससँग १–१ गोलको बराबरी खेल्दै धनगढी प्लेअफमा छनोट भएको हो

बराबरीको नतिजासँगै पोखराले शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको छ । ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ९ : २७ बजे