६ आश्विन २०८१, आइतबार | September 22, 2024

बाघको आक्रमणबाट पर्सामा एक युवकको मृत्यु



पर्साका एक युवकको बाघको आक्रमणबाट मृत्यु भएको छ।

पटेर्वासुगौली गाउँपालिका-२ थरकटी गाउँका ३० वर्षीय मनोज महतो उराँवको गएराति मृत्यु भएको हो। शौच गर्न घर नजिकैको जङ्गल छेउतिर निस्केका उनलाई बाघले आक्रमण गरेको थियो।

अबेरसम्म घर नफर्केपछि  स्थानीय बासिन्दाले खोजतलास गरेका थिए। गाउँदेखि २०० मिटरको दूरीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

घटनास्थल अवलोकन गर्दा बाघको आक्रमणबाटै उनको मृत्यु भएको जस्तो देखिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलिका प्रहरी निरीक्षक राजाराम केशरीले बताए।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ११ : ०४ बजे