९ चैत्र २०८२, सोमबार | March 24, 2026

राष्ट्रपतिले गरे कालिका भगवती मन्दिरको पूजा



काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजा आराधना गरेका छन्।

आज सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ पुगेका राष्ट्रपति पौडेलले कालिका मन्दिरको दर्शन एबम् पूजा आराधना गरेका हुन्।

मन्दिरका मूल पुजारी जयबहादुर खड्काबाट करिब २० मिनेट पूजा आराधनापछि राष्ट्रपति पौडेललाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरेका छन्।

राष्ट्रपति नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे बागलुङ बजार पुगेका थिए।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १ : १५ बजे