१ मंसिर २०८१, शनिबार | November 16, 2024

आगोले जलेर चार महिने शिशुको मृत्यु



खलङ्गा– दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द  भण्डारीका अनुसार रणवीर टमटाको घरमा आगलागी हुँदा उनका चार महिनाका छोरा विजयको मृत्यु भएको हो ।

विद्युत चुहावट भएर टमटाको घरमा आगलागी भएको हो । उनको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिएका छन् । प्रहरी र स्थानीयले आगो निभाएका थिए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ३ : १५ बजे