३० भाद्र २०८१, आइतबार | September 15, 2024

एकदिवसीय क्रिकेटबाट वार्नरको सन्यास



एजेन्सी – अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटबाट पनि सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीय वार्नरले यसअघि टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । वार्नरले जनवरी ३ बाट सुरु हुने टेस्टमा अन्तिम पटक खेल्नेछन् ।

यो खेल पाकिस्तानसँग हुनेछ । हाल अष्ट्रेलियाले पाकिस्तानसँग तीन खेलको टेष्ट सिरिज खेलिरहेको छ । वार्नर गत वर्ष भारतविरुद्ध अहमदाबादमा भएको क्रिकेट विश्वकपको फाइनल खेल्दै देखिएका थिए र फाइनल खेलमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

वार्नरले आफ्नो सन्यासले नयाँ खेलाडीलाई अवसर दिने र उनीहरूले फ्रान्चाइजी क्रिकेट अझ स्वतन्त्र रूपमा खेल्न सक्ने बताए । वार्नर पनि आईपीएल खेल्दै आएका छन् र भारतमा क्रिकेट फ्यानहरूको राम्रो संख्या छ। जनवरी ३ देखि डेभिड वार्नर आफ्नो ११२ औं तथा अन्तिम टेस्ट खेल्न मैदानमा उत्रिनेछन् ।

डेभिड वार्नरले १६१ एकदिवसीय खेल खेलेर ६९३२ रन बनाएका छन् । डेभिड वार्नर अस्ट्रेलियाको एकदिवसीय क्रिकेटको इतिहासमा छैटौं सर्वाधिक रन बनाउने खेलाडी हुन्। तर, डेभिड वार्नरले सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफी खेल्ने सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गरेका छैनन् ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १२ : ५९ बजे