६ आश्विन २०८१, आइतबार | September 22, 2024

यू–१९ नेपाली टिम स्कटल्याण्डसँग औपचारिक अभ्यास खेल्दै



काठमाडौं– आईसीसी यू-१९ विश्वकप क्रिकेटअघि नेपालले आज पहिलो औपचारिक अभ्यास खेल स्कटल्याण्डसँग खेल्दैछ।

दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीले  नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि स्कटल्याण्डसँग खेल्न लागेको हो।

यस्तै औपचारिक अभ्यास खेल अन्तर्गत नै आज नामिबिया र अमेरिका, दक्षिण अफ्रिका र पाकिस्तान तथा अस्ट्रेलिया र भारत खेल्नेछन्।

यसअघि नेपालले अनौपचारिक अभ्यास खेलमा सोमबार स्कटल्याण्ड र बिहीबार नामिबियालाई पराजित गरेको थियो। स्कटल्याण्डलाई १३५ रनको फराकिलो हार खुवाएको थियो भने नामिबियालाई ६ रनले हराएको थियो।

 

आईसीसीले विश्व कपअघि हरेक टोलीलाई दुई–दुई वटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ। नेपालले दोस्रो अभ्यास खेल मङ्गलबार वेस्ट इन्डिजसँग खेल्नेछ। १९ वर्षमुनिको विश्व कप आउँदो माघ ५ गतेदेखि सुरु हुनेछ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ११ : ३८ बजे