४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

सफाइपछि सन्दीपको भनाइ : नेपाललाई जहाँ मैले पुर्याएको थिएँ, अझ माथि पुर्याउने प्रयत्न गर्छु



क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् ।

बुधबार बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

आफूलाई फसाइएको बताउँदै उनले भने, ‘मैले पहिले पनि जिल्ला अदालतको फैसलालाई सम्मान गरेकै हो, अहिले उच्च अदालतको फैसलाको पनि सम्मान गर्छु ।’

उनले अब देशलाई अझै माथि पुर्‍याउने बताए । ‘नेपाललाई जहाँ मैले पुर्‍याएको थिएँ, त्यसभन्दा पनि माथि पुर्‍याउनेछु’ लामिछानेले भने ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ६ : ३० बजे