१ आश्विन २०८१, मंगलबार | September 17, 2024

गाँजाको केक बनाएर अनलाइन डेलिभरी गर्ने एक जना पक्राउ



काठमाडौँमा लागू औषध गाँजा मिसाएर केकको व्यापार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौँको घट्टेकुलोबाट विशन मानन्धरलाई पक्राउ गरेको हो ।

ती युवकले इन्स्ट्राग्राममार्फत समेत अकाउन्ट बनाउँदै लागूऔषध प्रयोग गरी मुफिन लगायतको केक बनाउँदै बिक्री वितरण गर्ने गरेको प्रहरीको भनाइ छ । यसबारे सूचना प्राप्त भएपछि ब्युरोको टोलीले मानन्धरलाई निजकै घरबाट पक्राउ गरेको हो । प्रहरीले उनको घर–कोठाबाट विभिन्न लागू औषध समेत बरामद गरेको छ।

पक्राउ गरिएका विशन मानन्धरले आफ्नै घरमा विगत १ बर्ष देखि गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरु बनाई अनलाइन डेलिभरी गर्ने गरेका थिए।

उनीमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  २ : ५२ बजे