७ आश्विन २०८१, सोमबार | September 23, 2024

शिक्षक र सरकारबीच वार्ता जारी, होला सहमति ?



सरकार र आन्दोलनरत शिक्षक महासंघबीच वार्ता सुरु भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता सुरु भएको हो । सरकारले संसदमा दर्ता गराएको शिक्षा विधेयकमा १८ बुँदे असहमति राख्दै शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलित भएका छन् ।

विद्यालयमा पठपाठन ठप्पा पारेर शिक्षकहरू आन्दोलन गर्न काठमाडौं आएका छन् । शिक्षकहरूले बुधबार र बिहीबार माइतीघरदेखि बानेश्वरसम्म ट्राफिक अस्तव्यस्त पारी प्रदर्शन गरेका थिए ।

वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र सम्बन्धित मन्त्रालयका सचिवहरू छन् । त्यस्तै शिक्षकहरूको तर्फबाट शिक्षक महासंघका प्रतिनिधिहरू छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ८ : ५८ बजे